चितवन विशेष

प्रहरी कार्यालयलाई भरतपुर महानगरपालिकाले दियो खोज तथा उद्दार सामाग्री

Banner

चितवन, जेठ ५-

भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।

भरतपुर महानगरपालिकाले खोज तथा उद्दारमा प्रयोग हुने ६ लाख ६६ हजार ३ सय ८३ रुपैयाँको २२ प्रकारको सामान तथा औजार हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेकाले खोज तथा उद्दार कार्यमा सहयोग पुराउन अति आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । भरतपुरमा गर्मी समयमा आगलागी र दुई ठुला नदीमा बाढीको जोखिम रहेकाले खोज तथा उद्दारको कार्यमा महानगरपालिकाले सक्दो सहयोग पुराउने उल्लेख गर्नुभयो । दाहालले विपद् व्यवस्थापनको लागि सरोकारवालासँग समन्वय गरी अगाडि बढेको बताउनुभयो । महानगरबासीलाई सुरक्षित राख्न महानगर सधै अग्रसर रहने उहाँको भनाई छ ।

यसैबीच खोता खोरमा उल्लेखिय कार्य गर्ने प्रहरीलाई महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान पनि गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>