राजनीति

भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छः शशांक कोइराला

Banner

त्रिवेणी,जेठ ५–

नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शशांक कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन्। नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्‌मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भने, ‘मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्‍यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु।’

सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए। ‘जसले पत्रकारिता बुझेको छ, समाचार सम्प्रेषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>