चितवन विशेष
भवानी डेरीको प्रचारमा चितवनका कलाकार भुवन तिवारी

चितवन, जेठ ५-
चितवनको तोरिखेत स्थित भवानी डेरीको आधिकारीक प्रचारकका रुपमा कलाकार भूवन तिवारी रहनु हुने भएको छ । भिडियो विज्ञापन, सामाजिक सञ्जाल लगायतका माध्यम मार्फत प्रचारप्रसार गर्ने गरि तिवारीले संस्थासंग एक बर्षको सम्झौता गर्नुभएको हो ।
तिवारीसँगको सहकार्यले बजारमा नयाँ आयाम दिने विश्वास संस्थाले गरेको छ । आर्थिक मन्दीका कारण अधिकांश डेरीहरु समस्यामा रहेका छन् । यस्तो अवस्थामा आफ्नो उत्पादनहरुलाई बजारिकरण गर्न सहज पुग्ने कम्पनीका बजार व्यवस्थापक पुरन कुमार क्षेत्रीले आशा व्यक्त गर्नुभयो ।
यस डेरीले विगत ५ बर्षदेखि दुध, दही, पनिर, घ्यु, नौनी, छुर्पी, चिज, कप दहि लगायत अन्य उत्पादन गरेर विक्रि गर्दै आएको छ । विशेष गरि छुर्पी डगच्यु उत्पादन गरि अन्तराष्ट्रिय बजारमा पनि बिक्री गर्दै आइरहेको क्षेत्रीले जानकारी दिनुभयो । यस बहेक आगामी दिनमा दुग्धजन्य पदार्थको नयाँ परिकारहरु उत्पादन गरि विक्रि गर्ने योजना रहेको समेत संस्थाले जनाएको छ ।

























