समाचार

राष्ट्रिय जनावर गाई काटेको आरोपमा ४ जना पक्राउ

Banner

विराटनगर, जेठ ५-

राष्ट्रिय जनावर गाई काटेको आरोपमा मोरङको केराबारीबाट ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–३ की ३७ वर्षीया पवित्रा तामाङ, ५० वर्षीया नीरमाया तामाङ, केराबारी–७ का २३ वर्षीय सन्तोष लिम्बू र २२ वर्षीया मञ्जु लिम्बू रहेका छन् ।

केराबारी–३ साइ डाँडामा गाई काटेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>