देश/प्रदेश
समयमै मल ल्याउन भारतसँग खरिद सम्झौता भइसकेको छ: प्रधानमन्त्री
०

काठमाडौं, जेठ ४-
प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारतसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग मल खरिदको सम्झौता भइसकेको बताएका हुन्।
उनले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि बताए। सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको पनि उनले जानकारी गराए।
उनले भने‚ ‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दिनुको साथै भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु। यस वर्ष समयमै मल, बीउ उपलब्ध गराउन मैले बेलैमा कृषि मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको छु।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























