राजनीति

भयानक दरबार हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, जेठ ४-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदरबार लगायत इतिहासका कालखण्डमा विभत्स ढंगले भएका हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा आम जनता पार्टीका सांसद प्रभु साहले सोधेको जवाफमा उनले मदन–आश्रित, गौर हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुने बताएका हुन्।

‘गौर हत्याकाण्डको छानबिन के भइरहेको छरु अपराधी कानुनको दायरामा ल्याइन्छ कि ल्याँइदैनरु पीडितहरूले न्याय पाउँछन् कि पाउँदैनन्रु,’ प्रश्नोत्तरमा भाग लिँदै साहले जिज्ञासा राखेका थिए।

‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्छ, चाहे त्यो, गौर हत्याकाण्ड होस् चाहे भयानक दरबार हत्याकाण्ड, नेपालकै इतिहासको सबैभन्दा विभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ। अहिले जे जसरी ती कुरालाई बिर्साउने कोसिस भइरहेको त्यसलाई हामीले गम्भीर रूपमा लिनुपर्छ भन्ने म ठान्छु। मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने म ठान्छु,’ प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै भने ‘तर, यसको निम्ति हामी सबैले गम्भीररूपले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>