राजनीति

घरभाडाबारे सागर ढकालले भनेः मेरो भ्यालू त्यही १० हजार हो ?

Banner

काठमाडौं,जेठ ३–

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा डडेलधुराबाट चुनाव लडेका सागर ढकालले आफूविरुद्ध अनावश्यक प्रचार भएको बताएका छन्। बुधबार समाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै ढकालले आफूविरुद्ध अनावश्यक प्रचार भएको बताएका हुन्।

केही दिनदेखि सञ्चार माध्यममा ढकालले चुनावताका बसेको घरको कोठाभाडा नतिरेको चर्चा भइरहेको छ। सोही कुरालाई खण्डन गर्दै ढकालले राष्ट्रिय मिडियाहरु नै कुप्रचारमा लागेको देख्दा आफूलाई दुख लागेको उनले बताएका छन्।

उनले भनेका छन्, ८ महिना देखि फरार रे, जबकी २ महिना आगाडि उहाँकै स्टुडियो अन्तर्वातामा थिए, ३ महिना अगाडी होलिमा डडेल्धुरा नै थिए। मैले कोठा भाडा तिरेको छैन भनेर कति धेरै हल्ला गरेको, यति सानो कुरामा। जबकि मेरा प्रतिस्पर्धीहरूले त्यत्रो रिसोर्टहरू बुक गर्नुभाछ, त्यत्रो त्यत्रो खर्च गर्नुभएको छ, कसैलाई केही मतलब छैन। मेरो तीन हजारको एउटा चुहिने पानी पर्ने कोठामा यस्तो साह्रो ?

उनले आफू भाडा नै नतिरी भाग्ने मान्छे हो ? त्यतिकै लागि राजनीतिमा आएको हो भन्दै प्रश्न गरेका छन्। म भाडा नै नतिरी भाग्ने मान्छे हो ? म त्यत्तिकै लागि राजनीतिमा आएको हो ? मेरो भ्यालू त्यही १० हजार हो ?उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>