राजनीति
राप्रपाले सरकारी कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठन गैरराजनीतिक हुने
०

काठमाडौं, जेठ ३-
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ । जेठ १, २ र ३ गते बसेको राप्रपाको बैठकले सरकारी तलब भत्ता खाने कर्मचारीको संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुन लावतीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । त्यस्तै राप्रपाले विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने निर्णय पनि गरेको छ ।
राप्रपाले पार्टीका हरेक समिति र तहहरूमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने बताएको छ ।
त्यस्तै प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ ५० प्रतिशत उम्मेदवार ‘प्राइमरी निर्वाचन प्रणाली’बाट चयन गर्ने निर्णय पनि गरेको प्रवक्ता लावतीले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























