राजनीति

शरणार्थी प्रकरणका मूल दोषीमाथि कारबाही सुनिश्चित गर्न गृहमन्त्रीको ध्यानाकर्षण

Banner

काठमाडौं,जेठ ३-

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ । भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन÷अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही भए पनि कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने भन्दै शान्ति समाजले गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।

यसैगरी सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुनुपर्ने र मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन पनि शान्ति समाजले आग्रह गरेको छ । भ्रष्टाचारका दर्जनौं जघन्य काण्डहरुमा सम्मिलित नेताहरुलाई कारबाही नहुँदा नागरिकहरुमा चरम आक्रोश बढ्दै गइरहेकोतर्फ पनि शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>