राजनीति
नागरिक उन्मुक्ति पार्टीको सरकारसँग माग-रेशम चौधरी हत्यारा भए फाँसी देऊ
०

काठमाडौं,जेठ ३-
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएको बताएको छ । सर्वोच्च अदालतले नाउपाका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि उक्त पार्टी अहिले आन्दोलित बनेको हो ।
पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । यसअघि सीके राउतदेखि विप्लवसम्मको आन्दोलन राजनीतिक बन्दा ०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन रु भनेर सरकारलाई प्रश्न गरे ।
उनले भने, ‘हिजोका सम्मानित आदलतको फैसला न्यायमुर्तिहरुका निर्णय स्वीकार्य त छ तर यो राजनीतिक मुद्दा अदालती होइन ।’
उनले यदि रेशमलाल चौधरीलगायतका राजबन्दी हत्यारा हुन भने फासिदिने ऐन बनाएर फाँसी दिन मागसमेत गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























