राजनीति

सर्वोच्चले दोषी ठहर गरेको रेशमबारे बाबुराम भन्छन्- उनी क्रान्तिकारी हुन्

Banner

काठमाडौं, जेठ ३-

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष डा। बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी भएको बताएका छन् ।२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट–थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एकजना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई रेशम चौधरीले जन्मकैदको सजायँ भोगीरहेका छन् । उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको सजायँलाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने अदालतका न्यायाधीश र क्रान्तिकारीबीच अन्तरविरोध चलिरहने भन्दै रेशमलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानोरविद्यमानसँग विद्रोह गरेर नयाँरभविष्यमुखी सोंचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>