राजनीति

कांग्रेसप्रति अध्यक्ष ओलीको टिप्पणीः हावा न चावाको पार्टी

Banner

काठमाडौं, जेठ ३- 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडेको बताएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूले राजनीतिलाई अति हल्का ढंगले लिनु दुःखद भएको बताए ।

अध्यक्ष ओलीले कांग्रेसलाई ‘हावा न चावा’ को पार्टी भन्दै टिप्पणी गरे । उनले भने, ‘देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली काँग्रेस कि कर्तव्य विमुख, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।’

एमाले कुनै पनि पार्टीसँग सरकार बनाउनकै लागि नमिल्ने उल्लेख गर्दै उनले भने, ‘हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ । अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो । नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन हो, कार्यक्रम विहीन गठबन्धन हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>