राजनीति

सर्वोच्चले रेशमको जन्मकैद यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टीको विरोध

Banner

काठमाडौं,जेठ २-

सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ। सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन्।

उनीहरुले मंगलवार साँझ माइतीघर मण्डलामा भेला भई सर्वोच्चको फैसलाप्रति विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा बोल्दै नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर पुगेका थिए। उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>