राजनीति

मन्त्री किरातीको गुनासो-यहाँ अरूले नै संसद चलाउँदो रहेछ, हामी त डमी मात्रै रहेछौं

Banner

काठमाडौं, जेठ २-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसद र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन्। मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको बताएका हुन्।

मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे।

उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई आग्रह गरे।

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेश गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए।

उनले भने, ‘यहाँ अरूले नै संसद चलाउँदो रहेछ। हामी त डमी मात्रै रहेछौं। अरूले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेशको मान्छे मात्रै रहेछौं। मलाई लागेको कुरा यो हो। हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ। र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ। संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो। चासो गरिदिनु पर्‍यो। तपाईंहरूले बोलिदिनु पर्यो‍। अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>