खैरहनी

चितवनको खैरहनीमा आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

Banner

चितवन,जेठ २-

चितवनको खैरहनीमा आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ स्थित कयर खोलामा ग्रावेल लोड गरेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको हो ।

आज विहान ११ बजे ना ६ त १०७९ नम्बरको ट्याक्टरमा चेपिएर ट्याक्टर चालक खैरहनी नगरपालिका वडा नम्वर २ बस्ने २० वर्षिय दिपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा गम्भिर घाइते भएका परियारलाई उपचारको लागि चितवन मेडिकल कलेज ल्याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाव्रेल लोड गरेर खोलाबाट निस्कने क्रममा ट्याक्टरको अगाडीको भाग उचालिदा चालक ढाला र ट्याक्टरको इन्जिनको भागको बिचमा चालक च्यापिएको प्रहरीले जनाएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>