राजनीति

आर्थिक मन्दीको छनक तल्लो तहसम्म देखिन थाल्यो: स्वर्णिम वाग्ले

Banner

काठमाडौं, जेठ २-

सांसद स्वर्णिम वाग्लेले मन्दीको छनक तल्लो तहसम्म पुगेको भन्दै सजग र सचेत हुनुपर्ने बताएका छन्। मेक इन नेपाल सम्मेलनको क्रममा वाग्लेले उपभोक्ता मागमा कमी आएसँगै उत्पादनमा ह्रास आइरहेको व्यवसायीहरूले नयाँ लगानी योजना पर सारेकोले तल्लो तहसम्म नै समस्या रहेको बताएका छन्।

‘म चुनाबमा लड्ने क्रममा चाउचाउ, साबुन बेच्ने व्यवसायीलाई सोध्दा पहोर ४० हजारको कारोबार मासिक हुने गरेकोमा अहिले ७र८ हजार मात्रैको हुने भनाइ थियो ।’ उनले भने,यो भनेको आर्थिक मन्दिको छनक तल्लो तहसम्म पुगेको हो।’

उनले सरकारले व्यवसायिक र औद्योगिक वातावरण बनाउनको लागि छुट र अनुदानलाई भन्दा पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनलाई ध्यान दिनुपर्ने बताए।

स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्नु राष्ट्रिय हित हुने भएकोले पनि एक हदसम्म महँगो भएर पनि नेपाली उत्पादन प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>