राजनीति

बालकृष्ण खाणबारे प्रवक्ता महतले भने- निर्दोष छु साबित गर्छु भनिराख्नुभएकोले थप निर्णय गरेनौं

Banner

काठमाडौं, जेठ २-

नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्ने बताएको छ । कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा। प्रकाशशरण महतले स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे अनुसन्धान भइरहेकाले अहिले निर्णय लिन हतार हुने बताए ।

उनले भने, ‘अनुसन्धानको निष्कर्ष आएको छ । अनुसन्धान परिपक्व होस् । त्यसको निष्कर्ष आओस् । उहाँले निर्दोष छु साबित गर्छु भनिराख्नुभएको छ । अनुसन्धान प्रक्रिया अघि बढोस् निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ । त्यसैले हामी अहिले निर्णयमा पुगिसकेका छैनौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>