अपराध

रेशम चौधरीको मुद्दाको पेसी आज पनि

Banner

काठमाडौं, जेठ २-

रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइको पेसी आज पनि तोकिएको छ । टीकापुर घटनासम्बन्धी रेशम चौधरीलगायतको यो मुद्दामा वैशाख २५ देखि अन्तिम सुनुवाइ भइरहेको छ । हिजो यो मुद्दा हेर्दाहेर्दैमा परेको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

चौधरी पक्षका कानून व्यवसायीले बहस गरिसकेका छन् । सोमबारबाट सरकारी वकिल र प्रतिपक्षका वकिलले बहस गरेका छन् ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>