अपराध
टोपबहादुर रायमाझीको बयान सकियो
०

काठमाडौँ, जेठ २-
नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सकिएकोे छ । भुटानी शरणार्थीको प्रकरणमाअमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले बताए । उनले भने–‘हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाण बाहेक अरू आरोपीको बयान सकिएको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























