राजनीति

टोपबहादुर रायमाझी पक्राउ नपरे पनि २० दिनपछि सांसद पदबाट स्वतः निलम्बन हुने

Banner

काठमाडौं,बैशाख ३१-

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अबको २० दिनमा पक्राउ नपरे पनि सांसद पदबाट स्वतः निलम्बित हुनेछन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशी मुलुक पठाउन संलग्न रहेको आरोपमा रायमाझिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट वैशाख १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनी हालसम्म पक्राउ परेका छैनन् ।

सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १० दिनभित्र मुद्दा चलाउने तयारी गरेको छ । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० बमजिमको कसुरमा मुद्दा चलाइनेछ ।

संगठित अपराध निवारण ऐन, २०७० को दफा ५२ अनुसार संगठित अपराध गर्ने संवैधानिक निकायका पदाधिकारी पक्राउ पुर्जी जारी भएको ३० दिनभित्र पक्राउ नपरेमा वा अदालतमा उपस्थित नभएमा ३१ दिनमा त्यस्ता पदाधिकारीको पदबाट स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>