राजनीति

भ्रष्ट नेतालाई सिधै बागमतीमा चोपल्नुस्ः मेयर बालेन शाह

Banner

काठमाडौं,बैशाख ३१-

काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेताहरूले गरेको भष्ट्राचार विरुद्धको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आक्रोश पोखेका हुन । उनले नेताहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनका नाममा नाटक गरेको भन्दै सिधै बागमतीमा चोपल्नुस् भन्दै आक्रोश पोखेका छन् ।

बालेनले लेखेका छन्–‘भ्रष्टाचार विरुद्धको आन्दोलन ??
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपल्नुस् ।

यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले ।

पत्याउँदिन म चही ।

तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

काठमाडौँ महानगर प्रमुख शाहले प्रायः शनिवारका दिन आक्रोश मिश्रित कडा टिप्पणी सार्वजनिक गर्ने गरेका छन् । शनिवार काठमाडौँमा डा.बाबुराम भट्टराई, हिसिला यमी, रवि लामिछाने लगायतका नेता भ्रष्टाचार विरुद्ध सडकमा धर्ना कार्यक्रममा सहभागी थिए । नेताहरुको सो कार्यक्रमप्रति मेयर शाहले आक्रोश पोखेको अनुमान गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>