राजनीति

नौ घण्टादेखि बिजुलीको पोलमा एक पुरुष,गाँउपालिका अध्यक्षसंग वार्ता हुनुपर्ने अडान

Banner

विराटनगर,बैशाख ३०-

मोरङको बूढीगंगा गाउँपालिकाका एक व्यक्ति एक लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा बसेको नौ घण्टा भएको छ । बूढीगंगा–७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गर्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् । उनी शनिबार बिहान करिब ६ बजे हाइभोल्टेज पोलमा चढेका थिए । गाउँपालिकाले निर्माण गरेको सडक तथा रिटेन्सन वालको गुणस्तरमा प्रश्न उठाउँदै उनी पोलमा चढेका हुन् ।

गाउँपालिकाका अध्यक्ष जितनारायण थापा आएर आफूसँग प्रत्यक्ष छलफल नगरुन्जेल पोलबाट नओर्लने उनको अडान छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले पोल क्षेत्रमा नेपाल प्रहरीले पहरा दिए पनि उनलाई झार्न जबर्जस्ती गर्ने अवस्था नरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>