राजनीति

भ्रष्टाचारले देशको शिर निहुरियोः डा. शेखर कोइराला

Banner

काठमाडौं,बैशाख ३०-

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारविरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने समय आएको बताएका छन् । नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिन राष्ट्रिय साझा चेतना अभियान आवश्यक रहेको उनको भनाइ छ । “भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ,” शेखर भन्छन्, “तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ ।”

देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो रहेको र यसले दशकौं संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको उनको धारणा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>