राजनीति

सिआइबीले टोपबहादुरको पत्र सचिवालयसम्म पुर्‍याउने व्यक्तिलाई सिसिटिभीबाट पहिचान गर्दै 

Banner

काठमाडौं, वैशाख २९-

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सांसद टोपबहादुर रायमाझीको खोजी नेपाल प्रहरीले तीव्र पारेको छ।  फरार सांसदसम्म पुग्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले रायमाझीको पत्र संसद् सचिवालयसम्म पुग्ने व्यक्तिको खोजी सुरु गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीले वैशाख २५ गते संसद् सचिवालयमा आफू बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए ।​ सोही पत्र बोकेर आउने व्यक्तिको खोजी सुरु गरिएको हो।

रायमाझीको पत्र बोकेर आउने व्यक्ति पत्ता लगाउन सिआइबीले आज सिंहदरबारस्थित संसद् सचिवालयबाट आज सिसिटिभी फुटेज संकलन गरेको छ। प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद् सचिवालयमा आएपछि सिआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो।

सोहीअनुसार सभामुखको कार्यकक्ष आसपासको सिसिटिभी सिआइबीलाई उपलब्ध गराइएको संसद सचिवालका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

यस प्रकरणमा रायमाझीसहित अन्य १० भन्दा बढी व्यक्तिहरुमाथि अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>