राजनीति

एमाले बैठक: नेताहरु सामूहिक छलफलमा, स्थायी कमिटी भोलिलाई सारियो

Banner

काठमाडौं,वैशाख २९-

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत दोस्रो दिनको बैठक जारी छ । हिजोदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र मिसन ग्रासरुट अभियानको रिपोर्ट प्रस्तुतिपछि अहिले सामूहिक छलफल जारी छ ।

ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत रिपोर्टउपर ८ समूहमा छलफल भइरहेको छ ।

प्रदेशका तर्फबाट पेश भएका कार्ययोजनासमेतलाई वार्षिक कार्ययोजना बनाउन भोलि बिहान स्थायी कमिटी बैठक राखेर पुनः केन्द्रीय कमिटीको भोलिको बैठकमा कार्ययोजना प्रस्तुत गरिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । आज बस्ने भनिएपछि छलफलको क्रम लम्बिएपछि भोलि बिहानलाई राखिएको उनको भनाइ छ ।

बैठक भोलिसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>