चितवन विशेष

बालकृष्ण खाँणसँगै पक्राउ परेका नरेन्द्र केसी भरतपुरको शारदा माविका प्रधानाध्यापक

Banner

चितवन, वैशाख २९–

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परेका खाँणका सहयोगी नरेन्द्र केसी भरतपुरको शारदा माविका प्रधानाध्यापक भएको खुलेको छ । केसी अहिले पनि भरतपुर महानगरपालिका–१९ शारदा माविका प्रधानाध्यापक हुन्।

विद्यालय स्रोतका अनुसार केसी २०७८ जेठमा प्रधानाध्यापक नियुक्त भएका थिए। उनी सामाजिक विषय पढाउँथे । त्यसअघि उनी विद्यालय निरीक्षक थिए।

प्रधानाध्यापक भएको एक महिनामै पढाउन छोडेर उनी बालकृष्ण खाणको पिए हुन काठमाडौं गएका थिए।

काज मिलाएर खाणको सचिवालयमा आएका केसी उनी गृहमन्त्री छउञ्जेल विद्यालयमा गएनन्। गत पुसमा खाण गृहमन्त्रीबाट हटे। माघमा मात्रै केसी भरतपुरको विद्यालयमा पुगे।

गत वैशाख २४ गते उनी दुर्घटनाका कारण आफूले काम गर्न नसक्ने भन्दै विद्यालयमा विदा मिलाएर काठमाडौं गएका थिए। ‘साइन पनि गर्न नसक्ने भएँ भनेर जानुभएको हो। पक्राउ परेको भन्ने समाचार सुन्यौं,’ विद्यालय स्रोतले भन्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>