चितवन विशेष

चितवनको कृषि विश्वविद्यालयमा अखिल क्रान्तिकारीले लगायो ताला

Banner

चितवन, वैशाख २८-

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका स्थानमा तालावन्दी गरेको हो । विभिन्न पाँच सुत्रिय माग पेश गदै २ महिना अगाडि नै राखेको माग सम्बोधन नभएपछि उनीहरुले तालावन्दी गरेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकायहरूमा अपुग शिक्षक र भएका शिक्षकहरू पनि अध्ययन बिदामा रहेकाले केन्द्रिय कलेज रामपुरमा कम्तीमा एउटा विभागमा ५ नियमित शिक्षक हुनुपर्नेलगायतका माग विद्यार्थीले राखेका छन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>