राजनीति

लोकसेवा आयोगका डेटा सुरक्षित नराख्‍नेलाई कारबाही गरियो: सांसद डाँगी

Banner

काठमाडौँ, वैशाख २६-

राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परिक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद डाँगीले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परिक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन् ।

२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको छ । डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ । विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन, ‘ उनको माग थियो, डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस्। ‘

परिक्षार्थीका फारामका विवरण सुरक्षित राख्नुपर्नेमा त्यसो नगरेर अधिकारीहरूले लापरबाही गरेको सांसद डाँगीको भनाइ छ । आयोगले परिक्षार्थीहरूका तथ्यांक हराएको भन्दै पुनः फाराम भर्नका लागि सूचना जारी गरेको विषयलाई सांसदले प्रतिनिधिसभा बैठकमा विषय उठाएकी हुन् । उक्त प्रकरणले पनि युवाहरूलाई राज्यप्रति निराश बनाएको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>