राजनीति
तोशिमा कार्कीको मागः सांसदहरुको सम्पत्ति विवरण वेभसाइटमार्फत सार्वजनिक गरियोस्
०

काठमाडौँ, बैशाख २६-
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोशिमा कार्कीले प्रतिनिधि सभा सदस्यको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न आग्रह गरेकी छिन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले भनिन्– ‘यो सदन देश विकासका लागि छलफल हुनुपर्ने ठाउँ हो कि एक भ्रष्ट्राचारी अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठुला ठुला निकाय र नेताहरू संलग्न भएको कुरा बाहिर आएको छ । प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा पनि जोगाउने काम भइरहेको छ । एकले अर्कोलाई जोगाइरहने अनि यो देश काण्डै काण्डले डुबाइरहने ?’
उनले सांसदहरूले बुझाएको सम्पत्ति विवरण वेबसाइट मार्फत सार्वजनिक गर्न र सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्न माग गरिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























