राजनीति
सरकारलाई एमाले सांसद गैरेको प्रश्न- नक्कली शरणार्थी प्रकरणको विषयमा छानबिन के भइरहेको छ?
०

काठमाडौं, वैशाख २६ –
नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी बनाएर विदेश पठाउने कामलाई देशद्रोहीको संज्ञा दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे।
उनले भने, ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ।’
उनले सो प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























