राजनीति
रमेशजंग रायमाझीको असंसदीय शब्द रेकर्डबाट हट्यो

काठमाडौं, वैशाख २६-
राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रायमाझीले प्रयोग गरेको असंसदीय संसदीय रेकर्डबाट हटाइएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् । यस विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले असंसदीय भाषा प्रयोग गरेका थिए ।
सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको थियो । एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले पुनः सुन्ने र निर्णय लिने बताएका थिए ।
मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको असंसदीय शब्द संसदीय रेकर्डबाट डिलिट गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।



























