राजनीति
एमालेको सचिवालय बैठक बस्दै
०

काठमाडौं, वैशाख २६–
आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारीअनुसार बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दै छ।
‘बैठकले आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डालगायतका विषयमा छलफल गर्नेछ’, उनले भने। यही वैशाख २८, २९ र ३० गते काठमाडौंमा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ।
नक्कली शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएका बेला एमालेको सचिवालय बैठक बस्न लागेको हो। पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझीलाई प्रहरीले खोजिरहेको छ। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























