राजनीति

रास्वपा सांसद असिमः शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर र फिल्म झूर नहोस्

Banner

काठमाडौं, वैशाख २५-

प्रतिनिधिसभाको सोमबारको बैठकमा केही सांसदले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर कटाक्ष गरे ।

यस्तो कटाक्ष गर्नेमध्ये एक थिए रास्वपा सांसद असिम शाह । फिल्म निर्देशक समेत रहेका सांसद शाहले बैठकमा भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई कटाक्ष गर्दै छानबिनमा खुट्टा नकमाउन आग्रह गरे ।

उनले यसो भनिरहँदा नेपाली फिल्मको पछिल्लो बजार प्रवृत्ति, ट्रेलर निर्माणदेखि फिल्म हिट र फ्लप हुने कुरासम्म उठाएका थिए । ‘अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थी प्रकरणको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>