देश/प्रदेश
लुगा फुकाल्ने सांसद अमरेश सिंहको स्वास्थ्य जाँच गर्न एमाले सांसद मैनालीको माग
०

काठमाडौं, वैशाख २५-
नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा फुकालेपछि शुन्य समयमा बोल्दै मैनालीले स्वास्थ्य जाँचको माग गरेका हुन् ।
उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’ आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























