चितवन विशेष

व्यवसायी कँडेलको मृत्युबारे एसपीलाई रविको फोन–दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह

Banner

चितवन, वैशाख २३–

व्यवसायी शंकर कँडेलको मृत्यु प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले चासो देखाएका छन् । कँडेललाई आत्महत्या गर्न बाध्य पार्नेलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न र पिडितलाई न्याय दिन रविले चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई आग्रह गरेका छन् ।

‘व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा पक्राउ गर्न बाँकी सबैलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गरेर पिडित परिवारलाई न्याय दिलाउन पूर्व उपप्रधान तथा गृहमन्त्री माननीय सांसद रवि लामिछानेले चितवन प्रहरी प्रमुखलाई पटक–पटक फोन गरेर निर्देशन दिनु भएको छ’, रविको सचिवालय सदस्य प्रकाश सिग्देलले भने ।

घटना भएको दिनदेखि नै रवि लामिछाने पिडित परिवारका सदस्यसँग बारम्बार टेलिफोन सम्बादमा रहेको सिग्देलले बताए । ‘दोषीलाई उम्काउने चलखेल भए गृह सचिवसंग कुरा राख्ने र संसदमा पनि कुरा उठाउने माननियले बताउनुभएको छ’, सिग्देलले भने ।

घटनाको विषयमा शुक्रबार साँझ चितवन प्रहरी प्रमुखसँग रविले १० मिनेटभन्दा बढी समय कुराकानी गरेको उनले बताए । कुराकानीका क्रममा घटनाका आरोपी एक जना पक्राउ परिसकेको र अर्का एक जना व्यक्ति केहि दिनमै पक्राउ गर्ने प्रहरी प्रमुख कार्कीले बताएको उनले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>