चितवन विशेष

चितवन बन्द आह्वान गरेका छैनौँ : कांग्रेस उपसभापति

Banner

चितवन, वैशाख २३–

नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले आज चितवन बन्दको आह्वान नगरिएको बताएका छन् । कांग्रेस र कांग्रेस निकटका कुनै पनि संगठनले चितवन बन्दको आह्वान नगरेको उनले जानकारी दिए ।

पोल्ट्री व्यवसायी एवम् कांग्रेस नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै कांग्रेसले आज दिउँसो १ बजे केन्द्रिय बसपार्क चोकमा एक घण्टा चक्का जामको आयोजना गरेको छ । त्यसबाहेक अन्य कुनै कार्यक्रम नरहेको न्यौपानेले बताए ।

‘बसपार्क चोकमा एक घण्टा चक्का जाम गर्छाैँ । अरु केहि कार्यक्रम छैन’, उनले भने, ‘चितवन बन्दको हल्ला फैलाउनेमा हाम्रो पार्टीको कुनै पनि संरचनाका नेता कार्यकर्ता संलग्न छैनन् ।’

सामाजिक सञ्जालमा भने शंकर कँडेल न्यायिक संघर्ष समितिको नामबाट चितवन बन्दको आह्वान गरिएको छ । उक्त समितिको आधिकारीकता पुष्टि हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>