राजनीति

प्रचण्ड–ओलीबीचको छलफल अनिश्चित

Banner

काठमाडौँ, बैशाख २२-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ । दिउँसो ३ बजे भेटवार्ताका लागि समय निर्धारण भएपनि प्रधानमन्त्री लुम्बिनी र नवलपरासीका कार्यक्रममा सहभागी भएर फर्कन ढिला भएकाले दुई नेताबीचको भेटवार्ता अनिश्चित भएको हो ।

‘दुई नेताबीच दिउँसो ३ बजे सिंहदरबारमा भेटवार्ता गर्ने तय भएको थियो तर प्रधानमन्त्री लुम्बिनीबाट फर्कन नै ढिला हुनेभयो’, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले भने, ‘फर्केपछि प्रधानमन्त्रीका अरु नै औपचारिक अनौपचारिक कार्यक्रम तालिकामा छन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै ओलीले प्रधानमन्त्रीसँगको भेटवार्ता बढाउन चाहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>