राजनीति

कांग्रेस सुधार गर्ने हो भने सभापतिको घर घेर्न जानुस्, हामी पनि जान्छौंः युवा नेता शाही

Banner

काठमाडौं, वैशाख २२-

नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले पार्टी सुध्रिने अवस्था कमजोर बन्दै गएको भन्दै सभापतिको घर घेर्न कार्यकर्तालाई आह्वान गरेका छन् । कांग्रेस रुपान्तरणका लागि देशव्यापी अभियान थाल्न लागेको तेस्रो धारका नेता शाहीले काठमाडौंमा आयोजित भेलामा मन्त्रिपरिषदमा पठाइएका व्यक्तिका अनुहार र मन्त्री बनाइएको शैलीले पनि कांग्रेस सुध्रिने लक्षण नदेखिएको बताए ।

शाहीले भने, ‘कांग्रेस सुधार गर्ने हो भने अब पार्टी सभापतिको घर घेर्न जानुस्, हामी पनि जान्छौं । नत्र सुधा?’

शाहीले कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापातर्फ लक्षित गर्दै पार्टीका दुईजना नेताले ट्वीटरमा लेखेर पार्टी नसच्चिने बताए । उनले एउटा पदाधकारी (गगन थापा) ले भन्दैमा १५ लाख नयाँ मतदाता नथपिने भन्दै १४ सय पद कोठाभित्र लुकाएर हजारौं कार्यकर्तालाई जिम्मेवारीविहीन बनाइएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>