राजनीति

एमालेले बोलायो सचिवालय बैठक

Banner

काठमाडौं, वैशाख २२-

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक यही २६ गते च्यासलस्थित केन्द्रीय कार्यालयमा तय गरिएको हो ।

बैठक विशेषगरी पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डामा केन्द्रित हुनेछ । यही वैशाख २९-३१ सम्म झापामा एमालेले केन्द्रीय समिति बैठक राख्ने भएको छ ।

सचिवालय र केन्द्रीय कमिटी बैठकमा पार्टी सुदृढीकरणका लागि एमालेले थालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा, पार्टीको आगामी रणनीति र समसामयिक राजतीतिक परिवेशमा विषयमा पनि छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>