राजनीति

पूर्वगृहमन्त्री बादलका छोरालाई खोजी गर्दै प्रहरी

Banner

काठमाडौं, वैशाख २२-

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई प्रहरीले खोजिरहेको छ।
उनी कहाँ छन् भन्ने अहिलेसम्म एकिन नभएका कारण प्रहरीले उनलाई खोजिरहेको हो ।

पक्राउ पुर्जी जारी भएपछि बिहीबार एक वक्तव्य जारी गर्दै प्रतीकले आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>