राजनीति

प्रचण्ड–ओली आज पनि छलफल गर्दै

Banner

काठमाडौं, बैशाख २२-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘दिउँसो ३ बजे सिंहदरवारमा भेटवार्ता गर्नेगरी समय तय भएको छ । भेटवार्ताको एजेण्डाबारे थाहा छैन’, प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ ।

बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन रु भनेर प्रश्न गरेका थिए । बुधबार रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>