राजनीति

सरकारमा सहभागिताका बारे रास्वपाले आज निर्णय गर्दै

Banner

काठमाडौं, वैशाख २२–

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँछ । आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ ।

सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो । सत्तारुढ गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>