चितवन विशेष

चितवनमा वैशाख २९ र ३० गते ‘चित्तौन कचेहेरी’ हुने

Banner

चितवन, वैशाख २०

नारायणगढको नारायणी कला मन्दिरमा वैशाख २९ र ३० गते ‘चित्तौन कचेहेरी’ हुने भएको छ । विभिन्न ६ वटा संघ संस्थाको आयोजनामा कला मन्दिरमा ‘चित्तौन कचेहेरी’ हुने भएको हो।

आज नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा भएको पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक सरिता तिवारीले चितवन केन्द्रित चार विषयहरूमा ‘कचेहेरी’ मा मन्थन गर्ने जानकारी दिइन् ।

आयोजकले थारू भाषाको शब्दमा कार्यक्रमको नाम र थारू कलामा आधारित रहेर लोगो तयार गरेका हुन् । जसलाई मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा आयोजना गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>