चितवन विशेष

मृत फेला परेका पोल्ट्री व्यवसायी कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला

Banner

चितवन, वैशाख २०–

मंगलबार साँझ झुण्डिएको अवस्थामा फेला परेका भरतपुर–३ बेलचोक निवासी पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ । आठ पेज लामो सुसाइड नोटमा आर्थिक कारोबारमा भएको समस्याबारे उल्लेख गरिएको छ ।

पछिल्लो एक हप्तादेखि व्यवसायी कँडेललाई कसैले तनाव दिइरहेको पाइएको नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले जानकारी दिए ।

‘हामिले परिवार, वकिल र पार्टीका नेताहरुसँग बसेर छलफल गर्दै छौँ । आठ पेजको सुसाइड नोट पनि फेला परेको छ’, उनले भने, ‘त्यसमा व्यवसायीक कुराहरु छन् । उहाँलाई विगत एक हप्तादेखि तनाव दिएको बुझिएको छ । अनुसन्धानले भोलि के देखाउँछ त्यो हेर्न बाँकी नै छ ।’

कँडेल चितवनको पोल्ट्री क्षेत्रमा सफल व्यवसायीको रुपमा परिचित थिए । उनी नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष र वर्तमान महासमिति सदस्यसमेत रहेका थिए ।

उनको शवलाई भरतपुर अस्तपालको शवदाह गृहमा राखिएको छ । कँडेलको मृत्युले चितवनको व्यावसायीक क्षेत्रमा ठूलो क्षति पुगेको व्यवसयीहरुले बताएका छन् । कँडेल उद्योग वाणिज्य संघ चितवनको पूर्व कार्यसमिति सदस्य पनि हुन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले एउटा सफल युवा उद्यमीको निधनले चितवनको व्यवसाय क्षेत्र स्तब्ध बनेको बताए । ‘उहाँ उद्यमीहरुको लागि प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो । उहाँको निधनले हामीलाई चोट पुगेको छ’, उनी भन्छन्, ‘घटनाको विषयमा वास्तविकता आउनुपर्छ ।

चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले पोल्ट्री क्षेत्रकै महान हस्तिका रुपमा परिचित कँडेलको निधनले व्यवसायीको अवस्थालाई इंकित गरेको बताए । आर्थिक मन्दिका कारण अहिले उद्योगी व्यवसायी कोहि पनि खुसी हुन नसकेको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>