चितवन विशेष
भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
०

चितवन, वैशाख १५–
भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।
हिजो राति ९ बजेको समयमा ना २२ प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति ९ः४३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
पैदल यात्रीलाई ठक्कर दिने मोटरसाइकल चालक भरतपुर–२७ बस्ने ३४ वर्षीय शिवनारायण महतो प्रहरीको नियन्त्रणमा छन् । उनी पनि चितवन मेडिकल कलेजमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























