चितवन विशेष
चितवन–२ मतगणना अपडेट : रवि लामिछाने कटाए ४० हजार मत
०

चितवन, वैशाख १२–
प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर झनै फराकिलो पारेका छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार ४५८ मत पाएका छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् । चितवन २ मा अहिले मतगणना जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























