चितवन विशेष

चितवन २ को मतगणना बिहान ८ बजे सर्वपक्षीय वैठक बसेपछि मात्रै सुरु हुने

Banner

चितवन, वैशाख ११–

चितवन क्षेत्र नं २ को मतगणना आज बिहान ८ बजे सवपक्षीय वैठक बसेपछि मात्रै सुरु हुने भएको छ । हिजो राति प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अनुपस्थितीमा सवपक्षीय वैठक बस्न नसक्दा आजको लागि वैठक सारिएको हो ।

नेपाली कांग्रेसले हिजो मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रजिअ पौडेलले आचारसंहिता उल्लघंन गरेको भन्दै उजुरी दिएको थियो । त्यो विषयमा निर्णय गर्नुपर्ने कांग्रेसको अडान छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सर्वपक्षीय बैठक आह्वान गरेको छ । वैठकमा उम्मेदवार र निजको प्रतिनिधि गरी २\२ जनालाई बोलाइएको छ । चितवन २ मा हिजो भएको मतदानमा ७८ हजार २७७ मत अर्थात् कुल मतको ६३ प्रतिशत मत खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>