चितवन विशेष

चितवन २ उपनिर्वाचनः मतदान केन्द्र निर्माणको काम धमाधम

Banner

भरतपुर, वैशाख ९–

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका छन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ । इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठकलगायतका आवश्यक तयारीका काम गर्ने बताए । उनले मतपत्र, मतपेटिकालगायतका सामग्री पनि मतदानस्थलमा पुगिसकेको जानकारी दिए ।

चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका छन् । उनका अनुसार एक मतदान केन्द्रमा पाँच कर्मचारी खटाइएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>