चितवन विशेष
इच्छाकामना स्थित त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु
०

चितवन, वैशाख ४
चितवनमा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । इच्छाकामना ३ कुरिनघाट स्थित त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु भएको हो । आज दिउँसो १ बजे पौडी खेल्ने क्रममा डुबेर घाइते भएका मुगुको गङ्डी गाउँपालिकाका २६ बर्षिय सोनाम साङ्पो तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
बन्दिपुर घुमेर काठमाडौँ फर्कने क्रममा ६ जनाको समूहमा आएका उनी साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























