चितवन विशेष

उँधोमुन्टो भएर खसेका रविको चालकले आत्महत्या गरेको नहुन सक्ने प्रहरीको आँकलन

Banner

चितवन, वैशाख ४

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको तेस्रो तल्लाबाट खसेको सीसीटीभी फुटेज बाहिरिएको छ । सीसीटीभी फुटेजका आधारमा  उँधोमुन्टो (टाउको तल र खुट्टा माथि) भएर खसेका शम्भु भनिने दिलबहादुर थापाले आत्महत्या गरेको नहुन सक्ने प्रहरीले आँकलन गरेको हो ।

त्यस्तै फुटेजमा थापा खसेलगत्तै दुई व्यक्तिहरू घटनास्थलमा देखिएका छन् । उनीहरूमध्ये एकजना सो घरमा राखिएका निजी सेक्युरिटी र अर्का प्रहरी थिए । त्यसलगत्तै तेस्रो व्यक्ति पनि त्यहाँ आउँछन् । सबैले मिलेर घाइते अवस्थामा रहेका थापालाई उठाउँछन् ।

यस्तै घटनाभएपछि प्रहरीले छतमाथि पुगेर निरीक्षण गर्दा डा. मुकुल ढकालका ड्राइभर निदाइरहेकै अवस्थामा थिए भने डा. ढकाल भने राति होटलमै सुतेको स्रोतले बतायो ।

प्रहरीका अनुसार घटना  बिहान करिब साढे १ बजे भएको हो र थप अनुसन्धान भइरहेको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>